arrow

खुल्यो सालपा विकास बैंकको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
ipo-final.jpg

काठमाडौँ। सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार एक सय ७९ कित्ता शेयर निष्काशन गरेको हो ।

कुल निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ८६ हजार एक सय ९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार एक सय १९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिनेछ ।

साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

यसअघि बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २५ देखि मंसिर २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार आठ सय ८० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् एक लाख ७२ हजार तीन सय ८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ