arrow

घुस प्रकरणमा पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
rajkumar-gupta-parliament.jpg
तस्बिर : फाइल

काठमाडौँ । विशेष अदालतले घुस (रिसवत) प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई  पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिबाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ