राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरको सम्मान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
812
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ ।
आइतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टी-२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो ।
उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौँ । खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’
समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनसमेत उपस्थित थिए ।