एनआईसी एशिया बैङ्कको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
567
Shares
काठमाडौँ। बैङ्क तथा वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका राम कृष्ण खतिवडा एनआईसी एशिया बैङ्कको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन्। बैङ्कको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गर्नु भएका वहाँले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यावसायिक अनुभव सँगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन्।
उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन्।
यस बैङ्कको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएकोमा राम कृष्ण खतिवडालाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैङ्क परिवारबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ।