न्यूयोर्कको अदालतमा मादुरोको पहिलो बयान: 'म निर्दोष छु, मेरो अपहरण भयो'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
1.7k
Shares
काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदै आफूमाथि लगाइएका सबै अमेरिकी आरोपहरू अस्वीकार गरेका छन्।
आफ्नो पहिलो अदालती उपस्थितिमा उनले आफू निर्दोष रहेको र कुनै पनि अपराध नगरेको दाबी गरे। अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले आफूलाई काराकासस्थित आफ्नै निवासबाट अपहरण गरेर अमेरिका ल्याइएको बताए।
उनले अदालतसमक्ष आफू अझै पनि भेनेजुएलाको वैधानिक राष्ट्रपति नै रहेको जिकिर समेत गरे। लागूऔषध तस्करी र अन्य विभिन्न गम्भीर आरोपमा अमेरिकाले उनी विरुद्ध मुद्दा चलाइरहेको छ। अदालतले यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तय गरेको छ।