arrow

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
t20-worldcup-nepal-squad-2026.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् । 

त्यस्तै टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शनकुमार झा, ललित राजवंशी, शेर मल्ल र लोकेश म रहेका छन् । 

शेर पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । नेपाल प्रिमियर लिग एनपीएलमा गतिलो प्रदर्शन गरेका आधारमा उनलाई छानिएको हो । 

विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म हुनेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । 

ग्रुप अफ डेथमा रहेको नेपालले सबै खेल भारतमै खेल्ने तालिका रहेकामा पछिल्लो समय बंगलादेशले भारतमा आएर नखेल्ने जनाइरहँदा नेपालले बंगलादेशसँग श्रीलंकामा गएर खेल्न पर्ने हुन सक्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ