arrow

नेकपाको चुनावी रणनीति

कसैसँग गठबन्धन हुँदैन, निर्वाचनमा एक्लै भिड्छौँ : प्रचण्ड [भिडियो]

प्रचण्डको कटाक्ष: 'रवि लामिछानेलाई मैले नै दुई पटक गृहमन्त्री बनाएको हुँ, उनीसँग डराउनुपर्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
prachanda-09-22.jpg

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो दलले कुनै पनि शक्तिसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा नेकपा एक्लै जनतामाझ जाने र कुनै पनि दलसँग चुनावी तालमेलका लागि छलफल नभएको बताए।

आफ्नो हालैको भारत भ्रमणका विषयमा स्पष्ट पार्दै संयोजक दाहालले आफू मुख्यतया पार्टीको साङ्गठनिक काम र दिल्लीमा आयोजित पार्टीको 'एकता सभा' का लागि त्यसतर्फ गएको बताए। सो क्रममा भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग अनौपचारिक भेटघाट र सम्मान आदानप्रदान भए पनि कुनै राजनीतिक गठबन्धन वा औपचारिक सम्झौता नभएको उनले दाबी गरे।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको नयाँ चुनावी एकतालाई लिएर सोधिएको प्रश्नमा प्रचण्डले आफूहरू 'बिल्कुलै नडराएको' जिकिर गरे। उनले रवि लामिछानेलाई आफ्नै मन्त्रिमण्डलमा दुई पटकसम्म उपप्रधान एवं गृहमन्त्री बनाएको स्मरण गर्दै उनीसँग संवाद गर्न आफूलाई कुनै विशेष समय वा आइतबार पर्खिनु नपर्ने टिप्पणी गरे। "हामी कसैसँग डराएका छैनौँ, चुनावमा एक्लै लड्छौँ," उनले दोहोर्‍याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ