‘देउवाजीले विधान र नैतिकता लत्याउनुभयो’: विशेष महाधिवेशनबाटै कांग्रेसका समस्या समाधान हुन्छ [भिडियो]
वास्तवमा शेरबहादुर दाइहरूले नै विशेष महाधिवेशन गरिदिनुपर्दथ्योः सुनील शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
826
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् ।
शुक्रबार भृकुटीमण्डपमा सञ्चाकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरूको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए ।
उनले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताए। महाधिवेशले राम्रो निकास दिने उनको विश्वास छ ।
उनले भने, ‘वास्तवमा शेरबहादुर दाइहरूले नै यो अधिवेशन गरिदिनुपर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरूको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकाश निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरू समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’
नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताए।