देउवालाई सुनील शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
821
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले रोइलो छाडेर सोमबार विशेष महाधिवेशनको बन्दसत्र उद्घाटनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा डा शर्माले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन दिन नहुने स्पष्ट पारे ।
‘शेरबहादुर दाइ तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भने ।
उनले थपे, ‘अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’
उनले भने, ‘तर आज दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टीले न्यूनतम् लोकतान्त्रिक मूल्य मान्यतालाई लत्याएर ५४ प्रतिशत मतलाई सम्मान गर्न सकेन ।’
‘हेर्नुस यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।