arrow

एनआईसी एशिया बैङ्कको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
nica-asia-appointment-director-jan-2026.jpg

काठमाडौं। एनआईसी एशिया बैङ्क लिमिटेडको सञ्चालक समितिमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छिन्। बैङ्कले उनलाई सर्वसाधारण शेयर धनी समूहको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको हो।

नवनियुक्त सञ्चालक राजभण्डारीले पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरिसकेकी छिन्। उनलाई बैङ्कको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालले शपथ ग्रहण गराएका हुन्।

तीन दशक लामो बैङ्किङ अनुभव सञ्चालक पदमा नियुक्त भएकी राजभण्डारीसँग बैङ्किङ क्षेत्रमा झन्डै तीन दशक लामो गहिरो अनुभव रहेको छ। बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी उनले यसअघि तत्कालीन 'बैङ्क अफ काठमान्डु'मा विभिन्न विभागहरूको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेकी छिन्।

बैङ्क परिवारले नवनियुक्त सञ्चालक राजभण्डारीलाई हार्दिक बधाई तथा स्वागत गर्दै उनको सफल कार्यकालको कामना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ