arrow

एनआईसी एशिया बैङ्कको लिलामी सम्पत्तिको विवरण अब अनलाइनमै, घरमै बसेर यसरी हेर्न सकिन्छ फोटो र नक्सा

logo
एजेन्सी,
प्रकाशित २०८२ माघ २ शुक्रबार
nic-asia-auction-portal.jpg
फाइल तस्बिर

काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण सर्वसाधारणले सहजै हेर्न मिल्ने गरी एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैङ्कले आफ्ना बैङ्किङ सम्पत्ति, गैर-बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलामी प्रक्रियालाई पारदर्शी र सहज बनाउने उद्देश्यले यो पोर्टल सार्वजनिक गरेको हो।

अब लिलामीमा रहेका घरजग्गा वा अन्य सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूले बैङ्कसम्म धाउनुपर्ने बाध्यता हटेको छ। बैङ्कले सञ्चालनमा ल्याएको नयाँ पोर्टल https://auctionassistance.nicasiabank.com मार्फत घरमै बसेर लिलामी सम्पत्तिको पूर्ण जानकारी लिन सकिनेछ ।

पोर्टलका विशेषताहरू:

  • विस्तृत विवरण: लिलामीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो र आधिकारिक नक्सा पोर्टलमा हेर्न सकिन्छ।
  • लोकेसन ट्र्याकिङ: सम्पत्ति कुन ठाउँमा छ भनेर यकिन गर्नका लागि 'गुगल म्याप' को लोकेसन समेत राखिएको छ
  • सजिलो पहुँच: बैङ्कले प्रकाशित गर्ने लिलाम सम्बन्धी सूचनामा रहेको ‘क्युआर कोड’ स्क्यान गरेर वा सिधै वेबसाइटमा गएर विवरण हेर्न सकिन्छ।

अनलाइनबाटै सोधपुछ गर्न सकिने ग्राहकले आफूलाई मन परेको वा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन चाहेमा बैङ्क धाउनुपर्दैन। पोर्टलमा रहेको 'म्यासेज बक्स' मा आफ्नो पूरा नाम, मोबाइल नम्बर, इमेल र ठेगाना राखी सिधै बैङ्कलाई प्रश्न पठाउन सकिने व्यवस्था मिलाइएको छ।

बैङ्कले यस पोर्टलमा लिलामीमा रहेका सम्पत्तिहरूको सूचना नियमित रूपमा अपडेट गर्ने जनाएको छ। यस डिजिटल पहलले खरिदकर्ताहरूलाई सम्पत्ति छनोट गर्न र विस्तृत जानकारी लिन निकै सहज हुने विश्वास बैङ्कले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ