arrow

अमेरिकामा मौसमी फ्लूको प्रकोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
flue-birami.jpg

काठमाडौँ । अमेरिकामा यस सिजनमा इन्फ्लूएन्जा (फ्लू) को प्रकोप भयावह देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस संक्रमित भइसकेका छन्।

फ्लूका कारण हालसम्म करिब दुई लाख ३० हजार मानिस अस्पताल भर्ना भएका छन् भने नौ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। सीडीसीका अनुसार यसपटक इन्फ्लूएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको छ।

विशेष गरी बालबालिकाहरूमा यसको असर चिन्ताजनक देखिएको छ। जनवरी १० सम्मको एकै सातामा १५ बालबालिकाको मृत्यु भएपछि यस सिजनमा फ्लूबाट ज्यान गुमाउने बालबालिकाको कुल संख्या ३२ पुगेको छ। ज्यान गुमाउने बालबालिकामध्ये करिब ९० प्रतिशतले खोप नलगाएको पाइएको छ।

यद्यपि पछिल्ला दुई सातादेखि संक्रमणको दर केही स्थिर वा घट्दो क्रममा देखिए पनि सीडीसीले अझै पनि जोखिम उच्च रहेको चेतावनी दिएको छ। अमेरिकामा डिसेम्बरदेखि फेब्रुअरीसम्म फ्लूको चरम अवस्था रहने भएकाले ६ महिनाभन्दा माथिका सबैलाई तत्काल खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ