arrow

गुल प्लाजामा आगलागी हुँदा कम्तीमा १० को मृत्यु, ६० अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
fire-final.jpeg
तस्बिर : फाइल

कराँची । पाकिस्तानको कराची स्थित गुल प्लाजामा आइतबार राति भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्नुका साथै करिब ६० जना बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी रहेको जियो न्यूजले जनाएको छ ।

आगलागी प्रभावित सपिङ मलमा अग्नि तथा उद्धारकर्मीहरूले  खोज तथा उद्धारका लागि झ्याल तथा पर्खाल तोड्न सुरु गरेको जनाइएको छ ।  

घटनास्थलमा २२ वटा फायर ब्रिगेडको गाडी, १० वटा वाटर बोउजर, चारवटा स्नोर्कल र ३३ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । जियो न्यूजले अधिकारीहरूलाई उद्धृत गर्दै उद्धार टोलीहरू भवनको सानो भागमा प्रवेश गर्न सफल भएको र खोजीका लागि थर्मल क्यामेरा जडान गरेको बताएको छ ।

उद्धार अधिकारीहरूले भग्नावशेष हटाउन र आगो पूर्ण रूपमा निभाउने प्रयास जारी रहेको बताएका छन् ।  

प्रहरीले बेपत्ता व्यक्तिहरूका परिवारका मोबाइल नम्बरहरू प्राप्त गरेको र भवन भित्र २०  जना भन्दा बढी व्यक्तिको स्थान पत्ता लगाइसकेएको अधिकारीहरूले बताएका छन् । 

जियो न्युजका अनुसार सिन्धका मुख्यमन्त्री मुराद अली शाहले आइतबार साँझ सपिङ मलको भ्रमण गरी उद्धार र अग्निशमन कार्यको समीक्षा गरेका थिए ।  घटनाको बारेमा बोल्दै उनले “करिब ५८ देखि ६० जना अझै बेपत्ता  रहेको र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताए । मुमन्त्रीले प्रभावितलाई सरकारले आवाश्यक क्षतिपूर्ति दिने आश्वासन पनि दिएका छन् । 

सपिङ मलमा आगलागी भएपछि तुरुन्तै उद्धार कार्य शुरू भएको सिन्धका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बताएका छन् ।  

यसैबीच एमए जिन्ना रोडको गुल प्लाजामा भएको आगलागीले आपतकालिन अवस्था सिर्जना गरे पछि पाकिस्तानी सेना खोजी र उद्धार कार्यमा तैनाथ गरेको उदृत गर्दै अधिकारीहरूले अझै पनि धेरै मानिसहरू क्षतिग्रस्त भवनभित्र फसेको हुन सक्ने डर रहेको बताएको जियो न्यूजले जनाएको छ ।

पाकिस्तानी सेनाका एकाइहरू, फ्रन्टियर वक्र्स अर्गनाइजेशन ९एफडब्लुओ० सँगसँगै नागरिक अधिकारीहरू, अग्निशामक र उद्धार टोलीहरूलाई भग्नावशेष सफा गर्न र संरचनात्मक क्षतिको कारण पुग्न नसक्ने क्षेत्रहरूमा पुग्न सहयोग गर्न तैनाथ गरिएको जनाएको छ ।

भवनको अवस्थाको मूल्याङ्कन गर्न र उद्धारकर्ताहरूका लागि सुरक्षित प्रवेश सुनिश्चित गर्न भारी मेसिनरी र विशेष टोलीहरू र सेनाको इन्जिनियरिङ युनिटलाई तयार राखिएको जनाइएको छ ।

जियो न्यूजले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै नागरिक प्रशासन, प्रहरी र अन्य सुरक्षा तथा विपद् राहत निकायहरू बिच समन्वय गरी पाकिस्तानी सेनाले उद्धार प्रयास गरिरहेको बताएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ