आईसीसी महिला टी-२० विश्वकप छनोटमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, जित्नैपर्ने दबाब
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
681
Shares
काठमाडौँ । काठमाडौँमा जार आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे शुरू हुँदैछ ।
नेपाललाई अर्को चरण प्रवेशका लागि जित्नैपर्ने दबाब रहेको छ । यसअघि पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएकाले पनि सुपर सिक्समा पुग्नका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको हो ।
बिहानै आयरल्याण्ड र अमेरिका मूलपानी मैदानमा भिड्दै छन् ।
अंक तालिका
समूह बीमा दुई खेल जितेर नेदरल्याण्ड्स र थाइल्याण्ड शीर्ष दुईमा रहेका छन् । स्कटल्याण्ड र नेपालले एक एक खेल खेलेर अंकविहीन छन् भने जिम्बाब्वेले दुवै खेल हारेको छ ।
समूह एमा बंगलादेशले दुवै खेल जितेको छ । आयरल्याण्ड र अमेरिकाले एक एक खेल जितेका छन् भने नामिबिया र पपुवा न्यूगिनी अंकविहीन छन् ।
यस्तो छ टिम प्रतियोगिताबाट विश्वकप पुग्ने बाटो
तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।
समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड र स्कटल्याण्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।
यस्तो थियो नेपाल र थाइल्याण्डबीचको खेल
खेलमा नेपाल ८ विकेटले पराजित भयो । १२३ रनको चुनौती थाइल्याण्डले १६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । चन्थामले ३९ बलमा ५७ रन बनाइन् । दुवै विकेट सीता रानामगरले लिएकी हुन् ।
यसअघि। कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १२३ रन बनायो । खेलमा बिन्दू रावलले ५६ बलमा ४४ रन बनाइन् भने सोनु खड्काले ११ बलमा २६ रन जोडिन् । पहिलो विकेटका लागि ५.४ ओभरमा ५२ रनको साझेदारी भए पनि त्यसपछि कुनै राम्रो साझेदारी हुन सकेन ।
त्यस्तै रुबिना क्षेत्रीले २ छक्का र एक चौकाको मद्धतले १० बलमा १७ रन बनाएर आउट भइन् । उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दू वर्मा भने ६ बलमा ६ रन बनाएर आउट भइन् ।