नेपाल स्कटल्याण्डविरुद्ध मैदानमा, टस जित्यो खेल जित्न बाँकी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
779
Shares
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्याड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।
नेदरल्याड्सले थाइल्याण्डसँग दिउँसो १ बजे खेल्नेछ ।
जिम्बाब्वेमाथि ६ विकेटको जित
तेस्रो खेलमा नेपालले जिम्बाब्वेमाथि ६ विकेटको जित हासिल गरेको हो । १३० रनको चुनौती नेपालले ३ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
उपकप्तान पूजा महतोले ५० बलमा अविजित रहँदै ५२ रन बनाइन् । कप्तान २३ बलमा २२ रन बनाइन् । जोसेफाइन कोमोले २ विकेट लिइन् ।
यसअघि कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दै जिम्बाब्वेलाई १२९ रनमा रोक्यो । जिम्बाब्बेले ६ विकेटको क्षतिमा १२९ रन बनायो । जिम्बाब्वेका लागि केलिस दोलोभूले ३६ बलमा अविजित रहँदै ५२ तथा बेलोभेड बिजाले ३४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ तथा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।
नेपाल र नेदरल्याण्ड्सको खेल
दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग मात्र दुई रनले पराजित भयो । कीर्तिपुर मैदानमा भएको खेलमा जितका लागि १४१ रनको चुनौती पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १३८ रन बनायो ।
आठौँ विकेटका लागि रूबिना क्षेत्री र सीता राना मगरबीच ४५ रनको साझेदारी हुँदै जित नजिक पुगे पनि अन्त्यमा नेपाल दुई रनले पराजित भयो ।
रूबिनाले ३२ बलमा अविजित रहँदै ३७ तथा सीताले १२ बलमा अविजित रहँदै २७ रन बनाइन् ।
नेपालले यसअघि ११ औँ ओभरमा ६२ रन जोड्ने क्रममा ५ विकेट गुमाइसकेको थियो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो ।
कप्तान बाबेट्टी डे लिडेले ४९ तथा स्टेरि कालिसले ३० रन बनाइन् । नेपालका लागि रबिना क्षेत्रीले २ तथा सोनु बिष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए ।
नेपाल र थाइल्याण्डबीचको खेल
पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भयो । १२३ रनको चुनौती थाइल्याण्डले १६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । चन्थामले ३९ बलमा ५७ रन बनाइन् । दुवै विकेट सीता रानामगरले लिएकी हुन् ।
यसअघि। कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १२३ रन बनायो । खेलमा बिन्दू रावलले ५६ बलमा ४४ रन बनाइन् भने सोनु खड्काले ११ बलमा २६ रन जोडिन् । पहिलो विकेटका लागि ५.४ ओभरमा ५२ रनको साझेदारी भए पनि त्यसपछि कुनै राम्रो साझेदारी हुन सकेन ।
त्यस्तै रुबिना क्षेत्रीले २ छक्का र एक चौकाको मद्धतले १० बलमा १७ रन बनाएर आउट भइन् । उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दू वर्मा भने ६ बलमा ६ रन बनाएर आउट भइन् ।
थिपात्चा पुथावोङले ४ विकेट लिइन् ।
अंक तालिका
समूह बीमा तीन खेलबाट नेदरल्याण्ड्स ६ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाटै स्कटल्याण्ड र थाइल्याण्डको ४ अंक छ भने २ खेलबाट नेपाल अंकविहीन छ । तीन खेल खेलेको जिम्बाब्वे अंकविहीन छ ।
समूह एमा बंगलादेशले चारै खेल जितेको छ । आयरल्याण्ड २ खेलबाट ४ तथा अमेरिका र पपुवा न्यूगिनी ३ खेलबाट समान २ अंक बटुलेका छन् । नामिबिया ३ खेलबाट अंकविहीन छ ।
यस्तो छ टिम प्रतियोगिताबाट विश्वकप पुग्ने बाटो
तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।
समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड र स्कटल्याण्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।