तामाकोसी पाँचौँसहित पाँच जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
867
Shares
काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको नेतृत्वको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई सुम्पिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समिति अध्यक्ष तोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले प्राधिकरणको नेतृत्वसँगै विकास निर्माणका अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न ५ वटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।
वन क्षेत्र प्रयोगको अनुमति पाउने आयोजनाहरूमा सुतिखोला जलविद्युत् आयोजना, तामाकोसी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजना रहेका छन्। यी आयोजनाहरूले वन क्षेत्र प्रयोगको अनुमति पाएसँगै अब निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।