arrow

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
accident-final.jpg

सिन्धुली । सिन्धुलीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा र दूधौली नगरपालिका वडा नं १० का ३० वर्षीय यज्ञबहादुर सुनुवार छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

दूधौली नगरपालिका वडा नं १० खत्रीचोकको भित्री सडकमा सुनुहारले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ