arrow

महिला टी–२० विश्वकप छनोटमा स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
t20-women-ban-scot.jpg

कीर्तिपुर । आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि  ९० रनको फराकिलो  जित हात पारेको छ । 

यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो । जसमा कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडे । 

कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०१  रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्न बङ्गलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिइन् ।

नेपाल भने समूह चरणबाटै बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ