arrow

टी–२० विश्वकप क्रिकेट आजदेखि शुरू, पहिलो दिन तीन खेल, नेपालको भिडन्त भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
cricket-worldcup-2026.jpg

काठमाडौँ ।  टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । विश्वकप भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको हो । 

आजको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सले खेल्दैछन् । खेल बिहान ११ः१५ बजेदेखि श्रीलंकाको कोलम्बोमा हुनेछ । यो समूह एको खेल हुनेछ । 

दोस्रो खेलमा आजै दिउँसो ३ः१५ बजे स्कटल्याण्ड र वेष्ट इन्डिजबीच हुनेछ । यो खेल भारतको इडेन गार्डेनमा हुनेछ । यो समूह सीको खेल हुनेछ । 

त्यस्तै तेस्रो खेलमा भारत र अमेरिका भिड्ने छन् । यो खेलमा भारतको वाङ्खेडे मैदानमा बेलुकी ७ः१५ बजेदेखि शुरू हुनेछ । 

नेपालको भिडन्त भने आइतबार हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्नेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । 

समूह बीमा अष्ट्रेलिया आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । 

समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ