टी–२० विश्वकप क्रिकेट आजदेखि शुरू, पहिलो दिन तीन खेल, नेपालको भिडन्त भोलि
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
974
Shares
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । विश्वकप भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको हो ।
आजको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सले खेल्दैछन् । खेल बिहान ११ः१५ बजेदेखि श्रीलंकाको कोलम्बोमा हुनेछ । यो समूह एको खेल हुनेछ ।
दोस्रो खेलमा आजै दिउँसो ३ः१५ बजे स्कटल्याण्ड र वेष्ट इन्डिजबीच हुनेछ । यो खेल भारतको इडेन गार्डेनमा हुनेछ । यो समूह सीको खेल हुनेछ ।
त्यस्तै तेस्रो खेलमा भारत र अमेरिका भिड्ने छन् । यो खेलमा भारतको वाङ्खेडे मैदानमा बेलुकी ७ः१५ बजेदेखि शुरू हुनेछ ।
नेपालको भिडन्त भने आइतबार हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्नेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।