arrow

टी–२० विश्वकपमा नेपाल र इङ्गल्याण्ड मैदानमा, नेपाल बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
t20-wc-nep-eng-2026.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल खेल्दैछ । 

समूह सीमा रहेको नेपालले अहिले इङ्गल्याण्डसँग खेल्दै गरेको हो । भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा हुँदै गरेको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ । 

इङ्गल्याण्ड दुई पटकको विश्वकप विजेता हो भने नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको छ ।

नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ । 

नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । 

समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । 

समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ