-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेलमा इङ्गल्याण्डसँग खेलिरहेको छ ।
भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको इङ्गल्याण्डले लगातार विकेट गुमाउँदै गएको छ ।
५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।
फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए ।
त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए ।
५ ओभरमा इङ्गल्याण्डले २ विकेट गुमाएर ४४ रन बनायो ।
इङ्गल्याण्ड दुई पटकको विश्वकप विजेता हो भने नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको छ ।
नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् ।
समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।