महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा विशेष चहलपहल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
787
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आइतबारको महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधुसन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् ।
विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ । पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ ।
वनकाली, भुवनेश्वरी, राममन्दिर, मृगस्थली र बागमती किनारका क्षेत्रहरूमा रंगरोगन गरी आकर्षक बनाइएको छ ।