अमेरिकाले अत्यधिक माग छाडे वार्ता सफल हुने इरानको अडान
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
2.2k
Shares
काठमाडौँ। इरानका सर्वोच्च नेता अली खामेनेईका वरिष्ठ सल्लाहकार एवं रक्षा परिषद्का सचिव अली शामखानीले तेहरान र वासिङ्टनबीचको वार्ता यथार्थमा आधारित भए त्यसले आपसी हितको रक्षा गर्न सक्ने बताएका छन्।
कतारको अल जजिरासँगको अन्तर्वार्तामा उनले यदि अमेरिका अत्यधिक मागबाट मुक्त भएर संवादमा आए आपसी हितका लागि अघि बढ्न सकिने सङ्केत दिएका हुन्। उनले गत फेब्रुअरी ६ मा ओमानमा सम्पन्न पहिलो चरणको अप्रत्यक्ष आणविक वार्ताको सन्दर्भमा यो धारणा राखेका हुन्। पश्चिम एसियाको स्थिरता र सुरक्षामा नकारात्मक असर पार्ने गतिविधिबाट टाढा रहनु नै सबै पक्षका लागि तार्किक मार्ग हुने उनको ठहर छ।
कूटनीतिक प्रयासहरू जारी रहे पनि शामखानीले इरानको 'रातो रेखा' बारे स्पष्ट पारेका छन्। उनले इरानको क्षेप्यास्त्र कार्यक्रम कुनै पनि हालतमा वार्ताको विषय नहुनेमा जोड दिँदै देशविरुद्ध हुने सम्भावित दुस्साहसको इरानले निर्णायक जवाफ दिने चेतावनी दिएका छन्। उनले अमेरिकी समर्थनबिना इजरायलले इरानमाथि आक्रमण गर्नै नसक्ने दाबी समेत गरे। इरानको सैन्य तयारी उच्च स्तरमा रहेको उल्लेख गर्दै उनले कुनै पनि पक्षले गर्ने 'गलत अनुमान' को मूल्य भारी पर्ने कुरामा जोड दिएका छन्।
यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको र दुई देशबीचको तनाव कायमै रहेको बेला शामखानीको यो टिप्पणी आएको हो। कूटनीतिक उपायहरू तनाव कम गर्ने र राजनीतिक समाधान सुदृढ गर्ने दिशामा केन्द्रित रहनुपर्ने उनको भनाइ छ। इरानले आफ्नो रक्षात्मक क्षमतामा स