दीपेन्द्र टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी, ११ वर्षपछि विश्वकपमा अर्धशतक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
832
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । भारत र श्रीलंकाको आयोजनामा भइरहेको टी–२० विश्वकपको तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाएसँगै दीपेन्द्र टी–२० विश्वकपमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका हुन् ।
उनी नेपालका लागि विश्वकपमा दोस्रो अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । वेष्ट इन्डिजविरुद्ध दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का हान्दै ५८ रन बनाए ।
यसअघि सुवास खकुरेलले सन् २०१४ को टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । उनले ५३ बल सामना गर्दै ६ चौका र १ छक्कासहित ५६ रन बनाएका थिए । उक्त खेल नेपालले ९ रनले जितेको थियो ।
दीपेन्द्रले जारी विश्वकपमा इङ्गल्याण्डविरुद्ध ४४ तथा इटालीविरुद्ध १७ रन बनाएका थिए ।