arrow

टी–२० विश्वकपको सुपर आठमा भारतको निरीह प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
suryakumar-yadav-out-off-mood.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपको सुपर आठको पहिलो खेलमा भारतले निरीह प्रदर्शन गरेको छ । 

भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको हो । अहमदाबादको घरेलु मैदानमा भारत निरीह देखिएको हो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८७ रन बनायो । 

डेभिड मिलरले ३५ बलमा ६३ तथा ट्रिसन स्टब्सले २४ बलमा अविजित रहँदै ४४ रन बनाए । भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिए । 

जवाफमा भारत ७ बल खेल्न बाँकी छँदै अलआउट हुँदै १११ रनमा समेटियो । शिवम दुबेले सर्वाधिक ४२ रन बनाएको इनिङ्समा ६ खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

मार्को जोसनले ४ विकेट लिए । त्यस्तै केशव महाराजले ३ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ