टी–२० विश्वकपको सुपर आठमा श्रीलंकाको निरीह प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
640
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपको सुपर आठको पहिलो खेलमा श्रीलंकाले निरीह प्रदर्शन गरेको छ ।
श्रीलंकासँग इङ्गल्याण्डसँग ५१ रनले पराजित भएको हो । पाल्लेकेलेको घरेलु मैदानमा श्रीलंका निरीह देखिएको हो ।
इङ्गल्याण्डले पहिलो ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १४६ रन बनायो । ओपनर फिल साल्टले ४० बलमा ६२ रन बनाए । त्यस्तै विल ज्याक्सले १४ बला २१ रन जोडे । डुनिथ वेलालागेले ३ विकेट लिए ।
जवाफमा श्रीलंकाले १६.४ ओभरमा अलआउट हुँदै ९५ रनमात्र जोड्यो । कप्तान डसुन शानाकाले सर्वाधिक ३० रन बनाए ।