काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा अहिलेसम्म पाँच सिट जितेको छ । एमालेले ताप्लेजुङ क्षेत्र नम्बर १ बाट सफलता हासिल गरेको हो । एमालेका क्षितिज थेबेले १३ हजार ९६२ मतसहित जित हासिल गरेका हुन् ।
त्यस्तै बाँके क्षेत्र नम्बर २ बाट मोहम्मद इश्तियाक राईले एमालेलाई जित दिलाएका हुन् । दैलेख क्षेत्र नम्बर २ बाट लक्ष्मीप्रसाद पोखरेलले एमालेलाई जित दिलाए ।
बझाङबाट ऐनबहादुर महरले एमालेलाई जित दिलाएका छन् । धनकुटाबाट राजेन्द्रकुमार राईले जित दिलाएका छन् ।
एमाले मतगणना जारी रहँदा सात स्थानमा अगाडि छ । इलाम १ बाट काजीमान कागते, इलाम २ बाट सुहाङ नेम्वाङ, संखुवासभाबाट अर्जुनकुमार कार्की, मुगुबाट पूर्णबहादुर रोकाया, बाजुराबाट लालबहादुर थापा, अछामबाट यज्ञबहादुर बोगटी, दार्चुलाबाट गणेशसिंह ठगुन्नाले अग्रता लिइरहेका हुन् ।