arrow

 इरानमा बमको गर्जन रोक्न पोपको प्रार्थना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
iran-israel-usa-war-26-3-8.jpg

भ्याटिकन सिटी । इरानमा अमेरिका–इजरायलले शुरू गरेको युद्धको नवौँ दिनमा पोप लियो चौधौँले आइतबार मध्यपूर्वमा ‘बमको गर्जन’ रोकियोस् भनेर प्रार्थना गरेका छन् । 

अमेरिकामा जन्मेका पोपले एन्जलसको प्रार्थनाको अन्त्यमा भने, “हिंसा र विनाशका घटनाहरू र घृणा र डरको व्यापक वातावरणमा द्वन्द्व फैलिने डर छ । मध्यपूर्व क्षेत्रबाट आएका समाचारहरूले गहिरो निराशा उत्पन्न गरेका छन् । प्रिय लेबनान र यस क्षेत्रका अन्य देशहरू फेरि एक पटक अस्थिरतामा जान सक्छन्।”

अमेरिका–इजरायली हवाई आक्रमणले इन्धनको भण्डार इरानलाई ध्वस्त पारिरहँदा तेहरानले आइतबार आफ्नो नयाँ सर्वोच्च नेता घोषणा गर्ने तयारी गरेको छ ।

इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउन अस्वीकार गरेका छन् तर युद्ध तीव्र गतिमा बढिरहेको बताएका छन् । 

लियोले प्रार्थना गरे, “बमको गर्जन बन्द होस्, हतियारहरू शान्त होऊन्, र संवादको लागि ठाउँ खोलियोस्, जहाँ जनताको आवाज सुन्न सकियोस्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ