इरानमाथि इजरायलले फेरि थाल्यो नयाँ आक्रमण, धेरै सहर निशानामा, खामेनीका छोरा घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
3.2k
Shares
काठमाडौँ । आज अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्धको दशौँ दिन हो। इजरायलले फेरि एक पटक इरानमाथि ठूलो हवाई आक्रमण शुरू गरेको छ। इजरायली सेनाका अनुसार हवाई आक्रमणले राजधानी तेहरान, इस्फहान र दक्षिणी क्षेत्रहरूमा इरानी शासनसँग जोडिएका पूर्वाधारहरूलाई लक्षित गरिरहेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ताले जबसम्म आक्रमण जारी रहन्छ, वार्ताको लागि कुनै ठाउँ नभएको बताएका छन् । इरान निर्णायक प्रतिक्रियामा केन्द्रित रहेकोसमेत विदेश मन्त्रालयले भनेको छ। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा पनि धेरै हवाई आक्रमणहरूको रिपोर्ट आएको छ।
यसैबीच टाइम्स अफ इजरायलका अनुसार इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी घाइते भएका छन् । उनलाई आइतबार राति इरानको नयाँ सर्वोच्च नेता घोषित गरिएको थियो।
अली खामेनीले ३५ वर्षसम्म इरानमा सर्वोच्च शक्ति सम्हालेका थिए। खामेनीको फेब्रुअरी २८ मा अमेरिका-इजरायली आक्रमणमा मृत्यु भएको थियो ।
सन् १९८९ मा रुहोल्लाह खामेनीको मृत्यु भएदेखि नै अयातोल्लाह इरानको सर्वोच्च नेताको पदमा थिए। इरानमा १९७९ को इस्लामिक क्रान्तिको समयमा खमेनीले शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गर्न प्रमुख भूमिका खेलेका थिए।
इस्लामिक क्रान्तिपछि खामेनीलाई १९८१ मा राष्ट्रपति नियुक्त गरिएको थियो, आठ वर्षसम्म यस पदमा सेवा गरे। १९८९ मा खोमेनीको मृत्युपछि उनलाई इरानको सर्वोच्च नेताको उत्तराधिकारी नियुक्त गरिएको थियो । अयातोल्लाह धार्मिक नेताको उपाधि हो।
इरानी इस्लामिक कानून अनुसार सर्वोच्च नेता बन्नको लागि अयातोल्लाह हुनुपर्छ। यसको अर्थ धार्मिक नेताले मात्र सर्वोच्च नेताको पद धारण गर्न सक्छ।