बलात्कारको आरोप लगाउँदै महेश बस्नेतविरुद्ध शोभाको उजुरी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
933
Shares
काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।
बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।
उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ र सरकारी वकील कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।
उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।
पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ ।
‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ । महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन ? लिखित जवाफ चाहिन्छ । बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो । ओलीले वुद्धी पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब ।’
अब गोरखाबाट न्याय शुरू भएको बताउँदै उनले गृहमन्त्री सुधन गुरुङको कार्यसम्पादनको प्रशंसासमेत गरिन् ।