-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
आफ्नो कार्यकाल सकिन लागेको सन्दर्भमा प्रधानन्यायाधीश राउतले राष्ट्रपतिलाई भेटेका हुन्।
प्रधानन्यायाधीश राउतको पदावधि यही चैत १८ गते सकिँदैछ।
कार्यकालको अन्तिम समयमा उनले बिदाइ भेटको रूपमा राष्ट्रपति भवन पुगेर छलफल गरेका हुन्।