-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
आज बिहान बूढानीलकण्ठस्थित ठाकुरको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुई नेताबीच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।