जनशक्ति नथपिए आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन : चिकित्सक संघ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
796
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमताअनुसार आइतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो ।
‘नेपाल सरकार मन्त्रीपरिषद्को बैठकद्वारा हप्ताको दुई दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरिएको भए पनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन,’ चिकित्सक संघले उल्लेख गरेको छ ।
अस्पतालमा आवश्यक जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । यसैगरी हप्तामा दुई दिन बिदा दिने व्यवस्था भए पनि सट्टा बिदा उपलब्ध गराउने कुरा व्यवहारमा लागू नभएको संघको दाबी छ ।
‘विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न अस्पतालमा फरक-फरक दिन बिदा दिँदा बिरामी अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने उल्लेख गरे ।