arrow

अमेरिकी नाकाबन्दीको ४८ घण्टा

इरानी बन्दरगाहमा जहाजको आवागमन ठप्प भएको अमेरिकी दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
hormuz-ai-made.jpg

काठमाडौँ । अमेरिकी सेनाले आफ्नो नाकाबन्दी सुरु भएको पहिलो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहमा प्रवेश गर्न वा त्यहाँबाट बाहिरिन सफल नभएको दाबी गरेको छ। 

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै यस अवधिमा कुनै पनि जलयान अमेरिकी सुरक्षा घेरा छलेर अघि बढ्न नसकेको बताएको हो।

कमाण्डका अनुसार कुल ९ वटा जहाजले अमेरिकी सेनाको निर्देशन स्वीकार गर्दै आफ्नो मार्ग परिवर्तन गरी पुनः इरानी बन्दरगाह वा तटीय क्षेत्रतर्फ नै फर्किएका छन्। 

नाकाबन्दीलाई कडाइका साथ लागू गर्न अमेरिकी नौसेनाका जहाजहरूले यतिबेला ओमानको खाडीमा सघन गस्ती गरिरहेका छन्।

गत साताको अन्त्यमा पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि तनाव थप चुलिएको थियो। 

सोही पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबारदेखि रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमा पूर्ण नाकाबन्दीको घोषणा गरेका थिए। 

यो नाकाबन्दीका कारण विश्व ऊर्जा आपूर्ति र मध्यपूर्वको सुरक्षा स्थिति थप जटिल बन्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ