arrow

शान्ति सम्झौताको नजिक

इरान संवर्धित युरेनियम अमेरिकालाई बुझाउन तयार रहेको ट्रम्पको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
trump-always101.jpg

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नो संवर्धित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्न तयार भएको दाबी गरेका छन्। अमेरिकाको बुझाइमा इरानले सोही युरेनियमको प्रयोग परमाणु हतियार बनाउनका लागि गर्न सक्ने जोखिम थियो।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश शान्ति सम्झौताको निकै नजिक पुगेको जानकारी दिएका छन्। उनले वार्ता निकै सफल रूपमा अगाडि बढिरहेको र सम्झौताको सम्भावना उच्च रहेको समेत बताए।

ट्रम्पका अनुसार यदि यो सम्झौता सफल भएमा तेलको आपूर्ति पुनः सुरु हुनेछ, हर्मुज जलमार्ग खुला रहनेछ र स्थिति सामान्य बन्नेछ। उनले थपे, "यदि यो सम्झौता इस्लामावादमा भयो भने, म पाकिस्तानको भ्रमण पनि गर्न सक्छु।"

यसैबीच, अर्कोतर्फ इजरायल र लेबनान १० दिने युद्धविरामका लागि सहमत भएका छन्। यो युद्धविराम शुक्रबार बिहानदेखि लागू भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ