arrow

राष्ट्रपति पौडेलले गरे सहकारी अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
ramchandra-sss.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्न र कानुनी व्यवस्थामा आवश्यक सुधार ल्याउन सरकारले यो अध्यादेश सिफारिस गरेको थियो। पछिल्लो समय सहकारी बचतकर्ताहरूको रकम सुरक्षित गर्ने र सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्ने विषयमा सरकारमाथि दबाब बढ्दै गएको सन्दर्भमा यो अध्यादेश जारी भएको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ