arrow

मन्त्रालय खारेजी र गाभ्ने तयारी, मन्त्रिपरिषद् बैठकमा आज खाका पेस गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
pmo-susila-new-new.jpg

काठमाडौँ । प्रशासनिक सुधार र सुदृढीकरणका लागि सरकारले सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यसै विषयमा छलफल गर्न आज बिहान १०:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयहरू खारेज गर्ने र गाभ्ने (मर्ज) सम्बन्धी ठोस खाका पेस हुने छ। सरकारले हाल कायम रहेकामध्ये ४ वटा मन्त्रालय खारेज गर्ने र अन्य ६ वटा मन्त्रालयको कार्यक्षेत्र हेरफेर गरी नयाँ नाम कायम गर्ने तयारी गरेको छ। केही विशिष्टीकृत शाखाहरूलाई हालको मन्त्रालयबाट छुट्टाएर सिधै प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव समेत खाकामा समेटिएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले सङ्घमा मन्त्रालयको सङ्ख्या घटाएर १७ मा झार्न सुझाव दिएको थियो। सोही कार्यदलको प्रतिवेदनका आधारमा सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले यो कदम चाल्न लागेको हो।

आजको बैठकले उक्त खाकालाई स्वीकृत गरेमा निजामती प्रशासन र सरकारी संयन्त्रमा ठुलो हेरफेर हुने देखिन्छ। सरकारले यसअघि नै चैत १२ गतेअगाडि नियुक्त भएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने अध्यादेश जारी गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ