arrow

अमेरिकी केन्द्रीय बैङ्कको नेतृत्वमा केभिन वार्स

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
us-federal-reserve-central-bank-of-america.jpg

काठमाडौँ । अमेरिकी सिनेटले केभिन वार्सलाई 'फेडरल रिजर्भ सिस्टम' (फेड) को बोर्ड अफ गभर्नर्सको नयाँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ। बुधबार भएको मतदानमा ५४–४५ को मतान्तरले ५६ वर्षीय वार्सको मनोनयनलाई स्वीकृत गरिएको हो।

रिपब्लिकन बहुमत रहेको सिनेटले यसअघि मंगलबार नै उनलाई फेडको सात सदस्यीय बोर्ड अफ गभर्नर्सको १४ वर्षे कार्यकालका लागि अनुमोदन गरिसकेको थियो। ह्वाइट हाउसबाट अन्तिम हस्ताक्षर भएपछि उनले औपचारिक रूपमा शपथ ग्रहण गर्नेछन्।

वार्सले वर्तमान अध्यक्ष जेरोम पावेलको स्थान लिनेछन्, जसको अध्यक्षका रूपमा कार्यकाल यसै शुक्रबार समाप्त हुँदैछ। नेतृत्वबाट हटे पनि पावेल फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा भने कायमै रहनेछन्। बढ्दो मुद्रास्फीति र भूराजनीतिक अस्थिरताका बीच वार्सले अब विश्वकै शक्तिशाली केन्द्रिय बैंकको नेतृत्व सम्हाल्नेछन्।

सन् १९७० मा जन्मेका वार्स कानुन व्यवसायी तथा वित्तविज्ञ हुन्। उनले यसअघि सन् २००६ देखि २०११ सम्म फेडरल रिजर्भको गभर्नरका रूपमा काम गरिसकेका छन्। विशेषगरी सन् २००८ को विश्वव्यापी आर्थिक संकट व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले पछिल्लो समय अमेरिकी अर्थ मन्त्रालयसँगको समन्वयलाई सुदृढ बनाउने र फेडको ‘ब्यालेन्स शीट’ मा कटौती गर्ने जस्ता सुधारका योजनाहरू अघि सारेका छन्।

राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले वार्सको आगमनले बजारलाई राहत दिने र समयक्रममा ब्याजदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले वार्सलाई एक अत्यन्त बुद्धिमान र सक्षम व्यक्तिका रूपमा चित्रण गर्दै आफ्ना सहकर्मीहरूलाई सहमत गराउन सक्ने क्षमता भएको बताएका छन्। नवनियुक्त अध्यक्ष वार्सको नेतृत्वमा पहिलो नीति निर्धारण बैठक आगामी जुन १६–१७ मा बस्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ