arrow

स्मरण शक्ति बलियो बनाउन 'टाउ' प्रोटिन आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
human-brain-2024.jpg

काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले ‘टाउ’ भनिने प्रोटिनको अभावमा अल्जाइमरसँग सम्बन्धित स्मरण शक्तिको ह्रास हुने र यसका कारण अल्जाइमर भएका बिरामीहरूले लामो समयसम्म कुनै कुराको स्मरण गर्न नसक्ने पत्ता लगाएका छन्। यो तथ्यले भविष्यमा बिर्सने रोग (अल्जाइमर) को उपचारको लागि नयाँ र महत्त्वपूर्ण जानकारी प्रदान गर्ने मानिएको छ।

अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार ‘नेचर कम्युनिकेसन्स’ मा प्रकाशित अनुसन्धानले सम्झनालाई व्यवस्थित र स्थिर बनाउनका लागि शरीरमा टाउ नामक प्रोटिन आवश्यक रहेको देखाएको छ। यस प्रोटिनले कुनै कुराको स्मरणलाई लामो समयसम्म टिकाइराख्न सहयोग गर्छ, यद्यपि प्रारम्भिक सिकाइका लागि वा छोटो अवधिको स्मरणका लागि भने यो आवश्यक पर्दैन। अध्ययनका वरिष्ठ लेखक एवं न्यूरो वैज्ञानिक, फ्लिन्डर्स विश्वविद्यालयका एसोसिएट प्रोफेसर आर्ने इटनरका अनुसार टाउ बिना पनि सम्झनाशक्ति त हुन्छ, तर ती सम्झनाहरू कमजोर र कम टिकाउ हुने अध्ययनका क्रममा पाइएको छ।

शोधकर्ताहरूले ‘माउस मोडेल’ (मुसा) को प्रयोग गरेर गरिएको अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै टाउले सम्झनाहरूको भौतिक स्वरूप बनाउने ‘एन्ग्राम’ भनिने विशेष कोशिकालाई व्यवस्थित गर्न मद्दत गर्ने बताएका छन्। यसले महत्त्वपूर्ण सङ्केतन भण्डारणको समयमा स्मृति भण्डारण गर्न कुन स्थानहरू चयन गरिएको छ भनेर निर्धारण गर्न सहयोग पुर्‍याउँछ। अध्ययनका क्रममा टाउले मस्तिष्कमा अतिरिक्त पहुँच वा ‘हल्ला’ जन्य गतिविधि रोक्न मद्दत गर्ने र केवल विशिष्ट कोषहरूलाई मात्र स्मृति भण्डारण गर्ने जिम्मेवारी सुनिश्चित गर्ने पाइएको छ, जसको परिणामस्वरूप प्राणी जगतमा स्पष्ट र अधिक लामो स्मृति रहन्छ।

यस अध्ययनले ‘फास्फोरिलेशन’ भनिने टाउको सूक्ष्म रासायनिक परिमार्जनलाई एक प्रमुख संयन्त्रको रूपमा पहिचान गरेको छ, जसले एन्ग्राम सेल गतिविधिलाई समन्वय गर्दछ। फास्फोरिलेशन भनेको कुनै पनि अणु (जस्तै प्रोटिन वा चिनी) मा ‘फस्फेट समूह’ थपिने वा सर्ने एक जैविक रासायनिक प्रक्रिया हो। 

अध्ययनको निष्कर्ष अनुसार असामान्य टाउ फास्फोरिलेशन अल्जाइमर रोगको मुख्य पहिचान हो, यद्यपि नियन्त्रित र निम्न–स्तरको फास्फोरिलेशन भने सामान्य मस्तिष्क कार्यका लागि आवश्यक हुन्छ। शोधकर्ताहरूका अनुसार टाउको रोगसँग सम्बन्धित रूपहरूले नयाँ स्मृति गठन र सम्झना दुवैमा अवरोध पुर्‍याउँछ। यो नयाँ खोजले कसरी बिर्सने रोग (डिमेन्सिया) सँग सम्बन्धित सम्झना शक्ति क्षयको अवस्थाबाट सङ्गठित भई पुनः स्मृति प्राप्तितर्फ जान सकिन्छ भन्ने नयाँ बाटो औंल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ