arrow

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध छु: प्रधानन्यायाधीश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
manojkur-sharma.jpg

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने स्पष्ट पारेका छन्। 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँग आज भएको भेटघाटका क्रममा उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन्।

आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षालाई आत्मसात गर्दै स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासनका विषयलाई आफ्नो कार्ययोजनामा समेटेको प्रधानन्यायाधीश डा शर्माले उल्लेख गरे। उनले भने, “म आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउँछु।”

न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषयहरू समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई नै आफ्नो सुधारको मूल आधार बनाउने उनको भनाइ थियो।

उक्त भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल र छिटो हुनुपर्ने तथा आमजनताले वास्तविक न्यायको महसुस गर्न पाउनुपर्ने जस्ता महत्त्वपूर्ण विषयहरूमा सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ