arrow

जापान एसियाडलाई टेबलटेनिस खेलाडी छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
tt-selection-japan-asiad.jpg

काठमाडौँ । जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औँ एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ । 

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष–महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

पुरुषमा संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए ।

महिलामा नविता श्रेष्ठ पहिलो, इभाना थापा दोश्रो र योङ्गी पौडेल तेश्रो बन्दै छानिए ।

छनोट प्रतियोगितामा यहि जेठमा भएको ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष–महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ