arrow

मुलुकमा असाधारण काम गरेका छौँ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
oli-14.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको विकास र राजनीतिमा असाधारण काम गरेको दाबी गरेका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अध्यक्ष ओलीले एमालेको नीति, काम र गन्तव्य एकदमै सही दिशामा रहेको जिकिर गरे।

उनले आफूले नीति परिवर्तन गर्नका लागि नभई मुलुकमा बढ्दै गएको प्रतिगमनमाथि हस्तक्षेप गर्न वाम एकताको कुरा गरेको स्पष्ट पारे। "हामीले असाधारण काम गरेका हौँ। हाम्रा नीतिहरू एकदमै सही छन् र नीतिको लागि हामीले वामपन्थी एकताको कुरा गरेका होइनौँ," ओलीले भने, "हाम्रा आर्थिक, सामाजिक र परराष्ट्र नीतिहरू सबै ठिक छन्। 'सुखी नेपाली, समृद्ध नेपाल' नै हाम्रो मुख्य नीति र समाजवाद हो।" उनले सुखी र समृद्धिको पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै सुरक्षाबिना कोही पनि सुखी हुन नसक्ने तर्क गरे।

अध्यक्ष ओलीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद' (जबज) को जगमै पार्टी अगाडि बढ्ने कुरामा जोड दिँदै राष्ट्रियता र समृद्धिका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ