arrow

यू–१६ क्रिकेट प्रतियोगितामा कालिकोटको फराकिलो जीत

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
cricket_kalikot.jpeg
काठमाडौं । बुधबारबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कालिकोट क्रिकेट क्लब विजयी भएको छ । काठमाडौंको बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा बुधबार भएको उद्घाटन खेलमा कालिकोटले ललितपुरको स्पोर्टस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले हराएको हो । 
 
टस जितेर पहिले ब्याटिङ रोजेको सानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र एक सय १३ रन बनाउन सक्यो । सानकालागि सुमित घिमिरेले सर्वाधिक ४२ रन बनाए भने मनिष तामाङले १५ रन बनाए । कालिकोटका बबिन बडालले दुई विकेट लिए । त्यस्तै सागर आचार्य, मबिन शर्मा र सागर घिमिरेले एक एक विकेट लिए । 
 
१ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कालिकोट टिमले मात्र एक विकेट गुमाई १० दशमलब ५ ओभरमा लक्ष्य पुरा ग¥यो । कालिकोटका लागि ओपनर बबिन बडालले सर्वाधिक ५३ रन बनाए भने अर्का ओपनर सूर्य बमले अविजित ४० रनको पारी खेले । सागर घिमिरे आठ रनमा अविजित रहे । मात्र २१ बलमा ५३ रन बनाएका बडाल म्यान अफ द म्याच घोषित भए । 
 
यसअघि आजै खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा बोल्दै विष्टले क्रिकेटको विवाद चाँडै समाप्त हुन बताउनु भयो । उनले क्रिकेटको अहिलेको अवस्था भनेका उज्यालोे हुनु पूर्वको घना अँध्यारो जस्तो भएको बताए।
 
 



नयाँ