arrow

डिफेन्डिङ च्याम्पियन हैदराबादको आइपीएलमा शानदार सुरुआत

बैंगलोर ३५ रनले पराजित, युवराज नायक

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
yubi-RCH.jpeg
हैदराबाद । भारतमा सुरु भएको इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएल टी–२० को दशौं संस्करणमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादले सानदार सुरुआत गरेको छ । उद्घाटन खेलमा राजिब गान्धी इन्टरनेशनल स्टेडियममा घरेलु टिमले रोयल च्यालेन्जर्स बैंगलोर (बैंगलुरु)लाई ३५ रनले पराजित गरेको हो । 
 
२०८ रनको चुनौती लिएर मैदानमा उत्रिएको बैंगलोरले १९.४ ओभरमा अलआउट हुँदै १७२ रनमात्र बनाउन सक्यो । विराट कोहली, लोकेश राहुल लगायतका भरपर्दा खेलाडी बिना नै मैदानमा उत्रिएको बैंगलोर कमजोर खेलेको हो ।
 
ओपनर क्रिस गेलले २१ बलमा ३२, केदार जादवले १६ बलमा ३१ तथा ट्राभिस हेडले २२ बलमा ३० रन जोडे । आशिष नेहरा, भुवनेश्वर कुमार र अफगानी खेलाडी रसिद खानले समान २–२ विकेट लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २०७ रन बनायो । युवराज सिंहले २७ बलमा ३ छक्का र ७ चौकाको मद्धतले ६२ रन जोडे ।
 
क्याच अफ द म्याच डेभिड वार्नरलाई दिइएको छ । हैदराबादका कप्तान वार्नरले  बैंगलोरका क्रिस गेललाई आउट गरेका थिए । 
 
युवराज सिंहले स्टाइलिस प्लेयर अफ द डे अवार्ड जितेका छन् । त्यस्तै क्रिस गेल मेक्सिमम सिक्सेस अवार्ड जित्दा उनले ३ छक्का प्रहार गरेका थिए । त्यसमा एउटा छक्का १०३ मिटर टाढा थियो । 
 
त्यस्तै मोइसेस हेन्रिकेले ३७ बलमा ५२ रन जोडे । शिखर धवनले ३१ बलमा ४० रन जोडे । 
 
म्यान अफ द म्याच बनेका युवराज सिंहले उत्कृष्ट फिल्डिङसमेत गर्दै दुई क्याचसमेत लिए । 



नयाँ