arrow

चेल्सी इङलिश प्रिमियर लिगको उपाधि नजिक, म्यानचेष्टर सिटी पराजित

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
chelsea-crystalpalace.jpeg
स्टामफोर्ड ब्रिज । चेल्सी इङलिश प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा अर्को दावेदार क्लव म्यानचेष्टर सिटीमाथि २–१ को जित निकालेसंगै चेल्सी ढुक्क हुने स्थितिमा पुगेको हो ।
 
चेल्सीलाई विजयी गराउन एडन हजार्डले दुवै गोल गरे । तर पेनाल्टीमा गोल गर्न चुकेका हजार्डले ह्याट्रिक पूरा गर्न सकेनन् । म्यानचेष्टर सिटीका लागि सर्जियो अगुएरोले सान्त्वना गोल गरे । 
 
स्वान्सी सिटीलाई ३–१ ले हराउँदै टोटनह्याम हट्सपर पनि उपाधिका लागि अगाडि आएको छ । टोटनह्यामका लागि डेले अली, ह्युङ मिन सन र क्रिष्टियन इरिक्सनले १–१ गोल गरे । 
 
अन्य खेलमा आर्सनलले वेष्टह्यामलाई ३–० ले, हल सिटीले मिडिल्सब्रोलाई ४–२ ले, साउथह्याम्पटनले क्रिष्टल प्यालेसलाई ३–१ ले हराउँदा लिभरपुलले बर्नमाउथसंग २–२ को बराबरी खेल्यो । यो बराबरीले चेल्सीको उपाधि भिडन्त कमजोर भएको छ । 
 
३० खेलबाट ७२ अंकको चेल्सी शीर्ष स्थानमा हुँदा समान खेलबाटै ६५ अंकको टोटनह्याम दोस्रो स्थानमा छ । ३१ खेलबाट ६० अंकको लिभरपुल तेस्रो स्थानमा छ । ३० खेलबाट ५८ अंकको म्यानचेष्टर सिटी चौथो स्थानमा छ ।
 
२९ खेलबाट ५४ अंकको आर्सनल पाँचौं स्थानमा हुँदा समान खेलबाटै ५४ अंकमा रहेको पीडित म्यानचेष्टर युनाइटेड फेरि छैटौं स्थानमा खस्केको छ । 
Eden Hazard is congratulated by Pedro and Marcos Alonso after opening the scoring against Manchester City
City goalkeeper Willy Caballero gestures in frustration after conceding inside 15 minutes at Stamford Bridge
Sergio Aguero wheels away in celebration after levelling the game for the away side in the 25th minute
But Chelsea were back in front before half-time and it was Hazard who found the net again for the Blues
 



नयाँ