arrow

फिफा वरियतामा ब्राजिल पहिलो, नेपाल १७०औं स्थानमा

नेपालको अंक घट्दै

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
nepalnn.jpeg
एजेन्सी। फिफाको पुरुष फुटबल वरियतामा ब्राजिल पहिलो स्थानमा फर्किएको छ। सात वर्षपछि ब्राजिल पहिलो स्थानमा पुगेको हो। अर्जेन्टिना दोस्रो स्थानमा छ, भने जर्मनी र चिली क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।
 
नेपाल फिफाको वरियताको १७०औं स्थानमा छ । नेपाल यसअघिकै स्थानमा कायम रहेको हो । दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल पाँचौ स्थानमा छ । नेपाल भन्दा माथि भुटान, अफगानिस्तान, माल्दिभ्स र भारत छन् ।
 
विश्व वरियतामा भारत १०१औं स्थानमा रहेको छ, भने मालदिभ्स १५१औं र अफगानिस्तान १५३औँ स्थानमा रहेको छ। नेपालको कुल ११२ अंक रहेको छ भने भुटानको १२३ अंक छ। भारतको ३३१ अंक छ।
 
भुटान विश्व बरिताको १६४औं स्थानमा छ। यस्तै, बंगलादेश नेपाल भन्दा पछि परेको छ । बंगलादेश १९३औं स्थानमा रहँदा श्रीलंका १९७औं स्थानमा छ। अघिल्लो बरियता भन्दा नेपालको केही अंक घटेको छ ।



नयाँ