arrow

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
tekwando_news.JPG

काठमाडौँ । प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा विहिबार भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल (एपीएफ)ले दुई स्वर्ण र दुई कास्यपदकसहित दोस्रो र एक स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित पूर्वाञ्चल तेस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुम्से विधातर्फ नेपाल आर्मीले स्वर्णपदक प्राप्त गरें । आर्मीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण जितेको हो । त्यसैगरी मध्यमाञ्चल दोस्रो तथा सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल टोली तेस्रो भए ।

एकल पुम्सेतर्फ सुदूरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्वर्ण जितिन् भने सुदूरपश्चिमाञ्चलकी निता गुरुङ दोस्रो तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ता तेस्रो भए ।

सिनियरतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत, सुदूरपश्चिमकी आकृति कार्की तथा पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्क पदक प्राप्त गरें ।

६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिंह पहिलो, आर्मीकी मुस्कान कार्की दोस्रो तथा मध्य पश्चिमाञ्चलकी मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसी तेस्रो स्थान प्राप्त गरें । ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापा पहिलो, पूर्वाञ्चलकी सिना मादेन दोस्रो तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेर तेस्रो स्थान प्राप्त गरें ।

त्रिपन्न केजी तौल समूहमा भारतकी सिवानी ठाकुर स्वर्ण र नेपालकी कल्पना चौधरीले रजत पदक प्राप्त गरिन् भने पूर्वाञ्चलकी सुनिता तामाङ र सुदूरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक प्राप्त गरिन् ।

४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठ पहिलो, पूर्वाञ्चलकी सुशीला बुढाथोकी दोस्रो तथा मध्यमाञ्चलकी बिना गुरुङ र सुदूरपश्चिमाञ्चलकी चन्दा घर्तीमगर तेस्रो स्थान प्राप्त गरें । ४२ केजीमा एपिएफकी दक्षिणा ठकुरी पहिलो, आर्मीकी सिना श्रेष्ठ दोस्रो तथा पश्चिमाञ्चलकी पूजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठ तेस्रो भईन् ।

नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तीकरण समितिको आयोजनामा भएको उक्त दुइदिने प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडी प्रतिस्पर्धामा भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ