arrow

आइपीएल क्रिकेटमा पञ्जाब र बैंगलोर विजयी

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
wicket.jpg

इन्दोर । भारतमा जारी आइपीएल टी–२० क्रिकेटमा किंगस इलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएका छन् । पञ्जाबले राइजिङ पुने सुपरजाइन्टसलाई ६ विकेटले हरायो ।

पुनेले बेन स्टोक्सको ५० रनको मद्धतले बनाएको ६ विकेटको क्षतिमा १६३ रनको जवाफमा पञ्जाबले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

पञ्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले नटआउट ४० तथा डेभिड मिलरले ३० रन बनाए । पुनेले दोस्रो खेल खेल्दा एकमा जित र एकमा हार बेहोरेको छ भने पञ्जाबले पहिलो खेल खेलेको हो । 
अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयर डेभिल्सलाई १५ रनले पराजित गर्यो ।

बैंगलोरले केदार जादभको ६९ रन (३७ बलमा) को मद्धतले ८ विकेट गुमाएर १५७ रन बनायो । जवाफमा दिल्लीले रिशव पन्तको ५७ रन (३६ बलमा) को मद्धतले ९ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।


लिग अन्तगर्त आइतबार पनि दुई खेल हुँदैछन् । १६ः१५ बजे सनराइजर्स हैदराबाद र गुजरात लाइन्स तथा राति २०ः१५ बजे मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । 
 



नयाँ