arrow

कमजोर टिमसंग पनि बार्सिलोनाको लज्जास्पद हार, रियाल मड्रिड बराबरीमै 

नेइमारलाई रातो कार्ड 

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
neymar-redcard.jpg

सान्टियागो बर्नाबाउ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिड उपाधि नजिक पुगेको छ । दोस्रो स्थानको बार्सिलोनाले कमजोर प्रदर्शनलाई निरन्तरता दिएपछि रियाल मड्रिड उपाधिका लागि बलियो बनेको हो । 
शनिबार रातिको खेलमा रियाल मड्रिडले आफ्नो होम ग्राउण्डमा एथलेटिको मड्रिडसंग १–१ गोलको बराबरीमै चित्त बुझायो । मध्यान्तरसम्म दुवैतर्फ गोल भएन ।

क्रिष्टियानो रोनाल्डोले गरेको प्रहार गोलपोष्टको जाली चुम्नै लाग्दा डिफेन्डरले जोगाए । मध्यान्तरपछिको सात मिनेटमै पेपेले गोल गर्दै रियाल मड्रिडलाई अग्रता दिलाए । तर ८५ औं मिनेटमा एन्टोइन ग्रेजम्यानले गोल गर्दै एथलेटिको मड्रिडलाई बराबरीमा ल्याए । 
अर्को खेलमा बार्सिलोना मालागासंग २–० ले पराजित भएको छ । कमजोर खेल खेलेको बार्सिलोनालाई हराउने क्रममा सान्द्रो रामिरेज र जोनीले गोल गरे ।

बार्सिलोनाले कमजोर टिममाथि हार त खायो नै सबैभन्दा ठूलो झड्का ब्राजिलियन स्टार नेइमारले रातो कार्ड खाएसंगै भएको छ ।

खेलमा ढिलाई गरेको भन्दै उनलाई रेफ्रीले दोहोरो पहेंलो कार्ड (६५ औं मिनेटमा) देखाएका हुन् । यसअघि २७ मिनेटमा पनि रेफ्रीले पहेंलो कार्ड देखाएका थिए ।

यो रातो कार्डले बार्सिलोना अझ कमजोर बनेको छ । यही अप्रिलमै हुने रियाल मड्रिड विरुद्धको खेलमा नेइमार खेल्न पाएनन् भने बार्सिलोनाले अझ लज्जास्पद हार बेहोर्ने छ । 
३० खेलबाट रियालको ७२ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंकमात्र छ । 
Neymar took an age to tie his laces whilst the referee waited for him to finish 

Neymar points to his boots and complains about picking up a yellow for tying his laces

 

Pepe leaps above Stefan Savic to send Real Madrid into a second-half lead in the Madrid derby at the Bernabeu

Real Madrid defender Pepe wheels away in celebration after heading home from Toni Kroos' free-kick

 

Atletico Madrid star Antoine Griezmann sees his effort at goal clawed out by Real Madrid goalkeeper Keylor NavasReal Madrid captain Sergio Ramos attempts a spectacular effort on goal as the Atletico Madrid defenders crowd around him



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ